Section 15
विद्या परिषद्को गठन
(१) सङ्कायमा शैक्षिक तथा प्राज्ञिक कार्यक्रमको सञ्चालन गर्नको लागि तोकिए बमोजिमको एक विद्या परिषद्को गठन हुनेछ ।
(२) विद्या परिषद् अन्तर्गत तोकिए बमोजिमका विषय समितिहरु रहनेछन् ।
(३) विद्या परिषद् र सो अन्तर्गत रहने विषय समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।